दफा ३७६
नदी वा खोला वा नदी वा खोलाको किनार प्रयोग गर्न सक्ने

कुनै व्यक्तिको निजी सम्पत्ति अन्तर्गत रहेको वा कुनै व्यक्तिको निजी सम्पत्तिबाट उत्पत्ति भएको नदी वा खोला वा त्यस्तो नदी वा खोलाको किनाराको दुवै तर्फको चार मिटरसम्मको चौडाइ क्षेत्रमा जुनसुकै व्यक्तिले हिँडडुल गर्न वा त्यस्तो नदी वा खोलामा जल परिवहन गर्न वा डुङ्गा चलाउन वा माछा मार्ने काम गर्न सक्नेछ । तर बाह्रै महिना पानीको बहाव नभएको स–साना खोल्सामा त्यस्तो कार्य गर्न पाइने छैन ।